समाज

२४ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुमगन कार्यालयले २४ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै आजको मितिदेखि नै लागू हुनेगरी २४ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ। साथै कालोसूचीमा राखिएको अवधिभर ती निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कुनैपनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी नहुन पनि निर्देशन दिइएको छ।

यी हुन् कालोसूचीमा राखिएका २४ निर्माण व्यवसायी/आपूर्तिकर्ताः

प्रकाशित: २३ असार २०८१ ०८:१९ आइतबार

#सार्वजनिक खरिद अनुमगन कार्यालय #२४ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा