समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः धन आर्जन हुने दिन छ। परिवारमा सामान्य रोग देखा पर्न सक्छ। पठनपाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। व्यापारव्यवसायमा लाभ देखिन्छ।

वृष राशिः व्यापार गर्नेहरुलाई दिन राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ।  वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ।

मिथुन राशिः वाणी सफल हुने दिन छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। रोजगारीको अबसर मिल्ने समय छ।

कर्कट राशिः विद्यार्थीका लागि पढाई मध्यम छ। आँखामा सामान्य समस्या देखिन सक्छ। उन्नति प्रगतिमा थोरै बाधा हुने दिन छ। केही व्यक्तिले सामान्य  मतान्तर सृजना गर्न सक्ने छन्। व्यापारमा फल प्राप्त हुनेछ।

सिंह राशिः नव प्रेमिहरुका लागि राम्रो हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा सुख शान्ति र उत्साहित हुने दिन छ।

कन्या राशिः अर्थ प्राप्तीमा केही बाधा हुने समय छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्वन्धी व्यवसायमा लगानीबाट कम लाभ प्राप्त हुने छ। अध्यापनमा सफलता मिल्ने योग छ।

तुला राशिः शुभयात्राको योग छ। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ। स्वकार्य गर्दा बिचारपूर्वक गर्नु होला। लेखन, अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ।

वृश्चिक राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। धन आर्जन हुने योग देखिन्छ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। कार्यसिद्धि योग रहेको छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

धनु राशिः बिलासी कार्य र यात्रामा बिचार पुर्याउनु होला। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय त्यती राम्रो छैन। पढाईको क्षेत्रमा थोरै ढिला हुने छ।

मकर राशिः छोटो यात्रा गर्नु राम्रो होला। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

कुम्भ राशिः बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मीन राशिः साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। वैदेशिक यात्राको समय देखिन्छ। पराक्रबाट कार्यसिद्धि हुनेछ।  व्यापार व्यवसायमा हल्का बाधाको योग छ। पढाईमा कार्यसिद्धि योग छ।       

प्रकाशित: २३ असार २०८१ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App