समाज

नारायणीको बाढीले खतराको तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिउँसो ३ः५० बजे जल सतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ।

यस्तै नारायणी नदीमा जल सतह अझै बढ्न सक्ने पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसैले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास रहेको बस्तीहरूमा राति १२ बजेसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्रकाशित: २२ असार २०८१ १६:४६ शनिबार

#National Disaster Risk Reduction and Management Authority #Narayani flood has crossed the danger level