समाज

पहिराेले मुग्लिन–मलेखु सडक अवरुद्ध

तस्बिर सौजन्य: मुग्लिन बजार

अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर-३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो।

उनले भने “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ।” प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको जानकारी दिए। 

प्रकाशित: २२ असार २०८१ १५:५३ शनिबार