समाज

आँप टिप्ने क्रममा करेन्ट लागेर मृत्यु

आँप टिप्ने क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० अमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

स्थानीय ७६ वर्षीय असथी मुसलवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नो घर नजिकै आँपको रूखमा आँप टिप्ने क्रममा विद्युतको लत्रिएको तारमा छुन गई करेन्ट लागेर उनको मृत्यु भएको हाे।

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २२ असार २०८१ ०८:५१ शनिबार

#current