समाज

जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन तयार, आइतबारदेखि सञ्चालनमा आउने

जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन निर्माण सम्पन्न भएको छ।

भद्रकालीमा रहेको आफ्नै जमिनमा सुविधा सम्पन्न भवन निर्माण सकिएको र सञ्चालनका लागि तयार भएको काठमाडौं प्रहरीले जनाएको छ।

हनुमानढोकामा रहेको परिसर भवनमा २०७२ को भूकम्पले क्षति पुर्याएपछि टेकुस्थित तत्कालिन नेशनल ट्रेडिङ्ग लिमिटेडको (हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालय) को परिसरमा सरेको थियो।

प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार, आइतबारदेखि सम्पूर्ण सेवाहरु नयाँ भवनबाटै हुनेछ। शनिबार भने स्थानान्तरणको काम हुने अधिकारीले जानकारी दिए।

स्थानान्तरणको ९ वर्षपछि काठमाडौं प्रहरीले आइतबारदेखि आफ्नै भवनबाट सेवा दिन लागेको हो।

प्रकाशित: २१ असार २०८१ १८:१९ शुक्रबार

#Police Office Ktm