समाज

संसदीय छानबिन समितिले गृहसचिवसँग लियो बयान

संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम दुरुपयोगसम्बन्धमा गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ।

आफ्नै कार्यालयमा बोलाएर समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीसँग छलफल गरेको हो। सो क्रममा समिति सदस्यहरुले उनीहरुलाई सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे जानकारी लिएका थिए।

समितिले यसअघि सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै बयानका लागि बोलाइसकेको छ।

समितिले बिहीबार पनि महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो। 

प्रकाशित: २१ असार २०८१ १३:३६ शुक्रबार

#Parliamentary Special Committee of Inquiry #Home Secretary Eknarayan Aryal