समाज

सहकारी छानबिन समितिले गृह सचिव र आईजीपीको बयान लिँदै

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृह सचिव र आईजीपीको बयान लिँदै छ।

शुक्रबार समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर बयानका लागि उपस्थित भएका छन्।

समितिले सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा छलफल गर्न उनीहरुलाई बोलाएको जनाएको छ। 

प्रकाशित: २१ असार २०८१ १२:५६ शुक्रबार

#Cooperative Inquiry Committee