समाज

बलात्कारको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

पाँचथर – बालिका बलात्कारको अभियोगमा प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरिएको छ।

१४ बर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै अभिभावकको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले फाल्गुनन्द गाउँपालिका १ मा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बल बहादुर ढटाललाई मंगलबार विहान नियन्त्रणमा लिएको हो।

अभिभावकको उजुरीका आधार पक्राउ गरिएको र उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढ्ने बताइएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले ढटाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए। अनुसन्धानमा पुष्टि भए कानून अनुसार कारवाही हुने अधिकारीको भनाई छ। 

प्रकाशित: १३ चैत्र २०७४ १६:३५ मंगलबार