समाज

सोह्रखुट्टे-बालाजु सडकमा करिब ११ फिट गहिरो खाल्डो

काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासिएको छ। बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो। 

सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ। 

बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो। 

अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ। 

प्रकाशित: १९ असार २०८१ ११:१९ बुधबार

#Sohrakhutte-Balaju road