समाज

तोरीखेती गर्ने किसानलाई २७ लाख अनुदान

मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ।

चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएकाे हाे।

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएकाे जानकारी दिए। साेही कार्यक्रम अन्तरर्गत कृषकलाई अनुदान सहयाेग प्रदान गरिएकाे उनले जनाए।

उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो।

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार आठ हजार नौ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जनाए।

प्रकाशित: १८ असार २०८१ १३:५६ मंगलबार

#Mechinagar #Torikheti