समाज

नक्कली सुनको मूर्ति देखाएर ठगी गर्ने पाँचजना पक्राउ

नक्कली सुनको मुर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ विष्ट गाउँ घर भइ खहरेमा सोफा पसल गर्ने निदेश गौतमलाई नक्कली सुनको मुर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको उडिशा घर भइ हाल कमलपोखरी बस्ने कलाकार दास, म्याग्दीको रघुगंगा घर भई धोबीघाट बस्ने क्षेत्रबहादुर शाही, धादिङ निलकण्ठ घर भइ हाल डल्लु बस्ने दीपक थापा, दाङ घर भइ लाजिम्वाट बस्ने बसन्त चौधरी र काठमाडौं चौमतीका रविन महर्जन रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट नगद १४ लाख र एक थान नक्कली सुनको मुर्ति समेत बरामत भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १७ असार २०८१ १३:५२ सोमबार

#duplicate statue #5 arrests #duplicate gold