समाज

धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते

धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

सर्लाहीबाट जन्ती लिएर लहानतर्फ जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका अन्तगर्तको पोर्ताहा सडकखण्डमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १७ असार २०८१ ०८:५५ सोमबार

#accident #dhanusha