समाज

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’

आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ।

कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए। उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताए।

कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर, २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए।

अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ। रासस

प्रकाशित: १७ असार २०८१ ०७:४८ सोमबार

#Rasuwagadhi #border #Nepali-Chinese-English #Nēpālī ciniyām̐ ra aṅgrējī bhāṣāmā ‘sā'inabōrḍa’ 46 / 5 000 'Signboard'