समाज

विवाद टुङ्ग्याएर निर्वाचन गर्न पत्रकार महासंघका पूर्वअध्यक्षहरुको आग्रह

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले  विवाद टुङ्ग्याएर निर्वाचन गर्न आग्रह गरेका छन्।

आइतबार नेपाल पत्रकार महासंघका पाँच जना पूर्वअध्यक्षहरु भेला भएर  महासंघलाई विवाद टुङ्ग्याएर तत्काल निर्वाचनमा जान आग्रह गरेका हुन।

उनीहरुले एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसहित केन्द्रीय समिति समक्ष अनुरोध गरेका हुन्।

महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार यस्तो अनुरोध गरेका हुन। 

प्रकाशित: १६ असार २०८१ २०:४८ आइतबार

#Federation of Nepalese Journalists