समाज

घरको छानोमा अड्कियाे ट्याक्टर

बैतडीको मेलौली नगरपालिका–३ स्थित तल्खेतमा ट्याक्टर दुर्घटना भएको छ। कुजागाड सडकखण्डको तल्खेतमा सुपप्र च ०२ ००२ त ४३७० नम्बरको ट्याक्टर  दुर्घटनामा परेको हो। ट्याक्टर दुर्घटना हुँदा दुई जना बालिका घाइते भएकी छन्। 

घाइते हुनेमा सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिर बहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी प्रहरीले जनाएको छ। घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ। 

रोकिराखेको ट्याक्टरको बालिकाले क्लज थिच्दा अचानक ट्याक्टर चलेको बताइएको छ। ढुंगा लोड गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले बताएकाे छ। 

सडकबाट ट्याक्टर तल खस्दा घरको छानोमा अड्कियाे छ। ट्याक्टर खस्दा स्थानीय धनी भट्टको घरमा क्षति पुगेकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १६ असार २०८१ १२:०७ आइतबार