समाज

पहिरोले अवरुद्ध राजमार्ग खुल्यो

फाइल तस्वीर

अवरुद्ध  कर्णाली राजमार्ग ३ घण्टा पछि सुचारु भएको छ। गएराति भएको बर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको गगन खोलामा गरेको  पहिरा हटाइ ३ घण्टापछि सडक सूचारु भएको हो।

कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका थिए। अहिले सडक खुलाएको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताए। कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सूचारु भएको उनले बताए। त्यस्तै दैलेख खण्ड पनि खुलिसकेको दैलेख प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असार २०८१ १०:५३ शुक्रबार

Highway blocked by landslides Transport vehicles