प्रहरीले दुई स्थानबाट जुवातास खेलिरहेकाे अवस्थामा १४ जना जुवाडेलाई नियन्त्रणमा लिएकाे छ।
चन्द्रागिरी नगरपालिका-५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ५ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेकाे हाे।
यसैगरी, काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवाँनपाउ डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-६ घर भएका ५० वर्षीय वाच्छु तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १२ असार २०८१ २१:०८ बुधबार