लमजुङमा पहिरोमा परी बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ।
लगातारको वर्षाका कारण राति गएको पहिरोमा परी बेपत्ता भएका ६७ वर्षीय *रुद्रमान गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता मेघनाथ चापागाईंले बताए।
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा गयराति पहिरोले ३ वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका थिए। जसमा रुद्रमान गुरुङकाे शव आज बिहान फेला परेको हो।
प्रहरी प्रवक्ता चापागाईंका अनुसार रुद्रमानका ३६ वर्षीया बुहारी, अन्दाजी ७–८ वर्षकी र ४–५ वर्षकी दुईजना नातिनी अझै बेपत्ता छन्। उनीहरूको खोजीको प्रयास भइरहेको छ।
यता, लमजुङमा अझै पानी परिरहेका कारण उद्धार र खोजी कार्य प्रभावित बनिरहेको पनि उनले बताए।
*सच्चाइएको : यसअघि मृतकको नाम रुद्रमान गुरुङ हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमा याचनासहित सच्चाइएको छ। -सम्पादक
प्रकाशित: १२ असार २०८१ ०९:४२ बुधबार