समाज

राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गर्ने महिलाको उद्धार

प्रहरीले माइतीघर मण्डलामा रहेको राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी एक महिलाको उद्धार गरेको छ।

आत्महत्याको प्रयास गर्ने आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको हो। उनी मंगलबार दिउँसो झण्डा राखिएको पोलमा चढेकी थिइन्।

आफ्नै पूर्व श्रीमान्बाट बलात्कृत भएको भन्दै मुद्दा दायर गरेकी उनी पटकपटक आत्महत्याको प्रयास गर्दै आएकी छन्।

गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी उनले गत चैत २१ गते सर्वोच्च अदालत परिसरमै विष सेवन गरेकी थिइन्। उद्धार गरिएकी उनको वीर अस्पतालमा उपचार भइरहेका छ।

अदालतले पूर्व न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय हुने फैसला सुनाइसकेको छ। आरती भुवनकै पूर्वश्रीमती हुन्।

प्रकाशित: ११ असार २०८१ १६:२८ मंगलबार