समाज

झापामा चट्याङ लागेर थप एक जनाको मृत्यु

मंगलबार बिहान चट्याङका कारण झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।

झापाकै  कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्काको पनि चट्याङले लागेर मृत्यु भएको थियो।

चन्दका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते  भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ।-रासस

प्रकाशित: ११ असार २०८१ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App