समाज

भरुवा बन्दुकसहित एक युवक प्रहरीको नियन्त्रणमा

ताप्लेजुङमा एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ।

पाथीभरा याङवरक गाउँपालिका-४ डुम्रिसेका ४२ वर्षीय नरेश खोयाहाङ लिम्बूलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिए।

उनका अुनसार डुम्रिसे स्थित पिप्लेश्वरी आधारभूत विद्यालय अगाडि लोड गरिएको एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुज ५७ ग्राम, गोली जस्तो बस्तु एकथान, काँटी सहित सलाईको बट्टा ६ थान र खुकुरी एक थानसहित लिम्बूलाई पक्राउ गरिएको हो।

लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असार २०८१ १०:५४ मंगलबार

#police #Loaded-gun #Naresh Khoyahang Limbu