समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः   उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। सामान्य उदर समस्या देखापर्न सक्नेछ। धन आय हुने समय छ। पढाइमा शुभ छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। आफन्तसँग शुभ भेटघाट हुनेछ।

वृष राशिः  भूमि क्रय र गृह निर्माणको योग देखिन्छ। व्यापार व्यवसायमा व्यय नै देखिन्छ। आँटेको कार्यमा केही ढिला हुनेछ। ज्ञानको क्षेत्रमा रुचि बढ्ने छ। वाणी प्रभाव वढ्ने छ।

मिथुन राशिः  विचारको वृद्धि हुने देखिन्छ। स्वास्थमा केही सुधार देखिने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। बिलासी सम्बन्धी व्यापारको काममा फल राम्रो होला। उपलव्धिपूर्ण आर्थिक लाभ छ।

कर्कट राशिः  व्यापारमा राम्रो फल प्राप्त हुनेछ। बाहिरी कार्यमा धन व्यय हुने योग देखिन्छ। अध्ययनको क्षेत्रमा भने प्रतिफल राम्रो देखिन्न। आँखामा सामान्य बिकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

सिंह राशिः  सामान्य आर्थिक लाभ हुने दिन रहेको छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अपरिचित व्यक्तिबाट कार्यमा केही बाधा हुन सक्छ। उन्नतिशील समय छ।

कन्या राशिः  प्रयास गर्दा नयाँफल प्राप्त हुने देखिन्छ। यात्राको समय रहेको छ। जग्गा सम्बन्धी काममा अर्थ व्ययको योग छ। यात्रा गर्नु पर्दा दिनको पुर्वार्द्धमै गर्नु होला। मित्रहरूबाट कार्यसिद्धि योग रहेको छ।

तुला राशिः  जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। स्वदेश एवं विदेश यात्राको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। नविन कार्यमा हात नहाल्नु राम्रो छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ।

वृश्चिक राशिः  काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ। साथीहरुबाट हल्का व्यय हुने योग देखिन्छ। साधारण समस्या देखापरी स्वास्थमा वाधा आउला। अध्यापनमा सफलता मिल्ने छ। समाजमा प्रतिष्ठा र सम्मान मिल्ने छ।

धनु राशिः  विद्यार्थीका लागि पढाई दोहोर्याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल त्यति नमिल्ने योग छ। सामान्य शीर समस्या देखा पर्न सक्नेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

मकर राशिः  आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ। उन्नति प्रगतिमा केही बाधा हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ।

कुम्भ राशिः  समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। राजनीतिक भ्रमणमा विवाद हुन सक्ने हुँदा, सचेत रहनु होला। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। आफन्तबाट धन व्यय योग छ। वैदेशिक यात्राको योग देखिन्छ।

मीन राशिः  अध्ययनमा सफलता मिल्ने छ। स्वास्थ्यको कारणले धन हानी हुने समय छ। व्यापारिक लगानिहरु केही प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।       

प्रकाशित: ११ असार २०८१ ०६:१८ मंगलबार

#Aries Your Horoscope Today