समाज

१३ जना प्रहरी कर्मचारीलाई ७ दिन भित्र उपस्थित हुन निर्देशन

नेपाल प्रहरी प्रधान कार्यालयले बिना जानकारी अनुपस्थित भएका १३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १३ जना कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन भनेको छ।

कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी समेत दिएको छ।

गैर हाजिर भएका १३ जना प्रहरीको विवरणसहितः

प्रकाशित: १० असार २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App