समाज

विद्यालयमा भीर मौरीको आक्रमण, १३ जना घाइते

सांकेतिक तस्बिर।

भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

आज बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासि आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको र तीन जनाको अवस्था जटिल रहेको महत स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए।

उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका रहेका छन्।

उनीहरुलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए।

प्रकाशित: ९ असार २०८१ २२:२७ आइतबार