समाज

राजदूत पद अस्वीकार गर्दै प्याकुरेलले उठाए पद्धतिमाथि नै प्रश्न !

सरकारद्वारा दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएका सुशीलनाथ प्याकुरेलले पद अस्वीकार गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उक्त पदमा आफूलाई गरिएको सिफारिस फिर्ता लिइदिन आग्रह गरेका छन्।

पत्रमा प्याकुरेलले मन्त्रीपरिषदको असार ७ गतेको निर्णयले आफुलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको विषय समाचारबाट थाहा भएको लेखेका छन्। देशको औपचारिक प्रतिनिधिजस्तो गरीमामय पदमा मेरो सिफारिस गर्ने सरकारको चाहनाप्रति समेत प्याकुरेलले कृतज्ञता व्यक्त गरेका छन्।

तर आफुलाई दक्षिण कोरियाको राजदूत पदमा सिफरिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रीपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नगरेको विषय प्याकुरेलले पत्रमा उल्लेख गरेका छन्।

‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनले अगाडि लेखेका छन्।

राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत प्याकुरेलले फरक मत राखेका छन्। जसको गम्भीर विमर्श आवश्यक रहेको पत्रमा लेखेका छन्।

प्याकुरेललाई नेकपा एमालेको कोटाबाट सरकारले राजदूत सिफारिस गरेको थियो।

प्रकाशित: ९ असार २०८१ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App