समाज

बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। सिगास गाउँपालिका वडा नं ९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।

सोमबार साँझ पौने ६ बजेतिर घर नजिकै घाँस काट्न गएकी विकको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार उनी महेश्वरी उदय मावि गन्सुरमा ९ कक्षामा पढ्दै थिइन्। छात्राको भीरबाट लडेर मृत्यु भएपछि आज विद्यालयले शोक बिदा दिएको छ।

प्रकाशित: ४ असार २०८१ ०९:२५ मंगलबार

#Baitadi #Death #Bhir #Maheshwari-Bk