समाज

तपाईंको आजको राशिफल

मेष राशिः सामाजिक कार्यबाट सम्मान मिल्ने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक मिलनले मन प्रसन्न हुने देखिन्छ। शत्रु र समस्याबाट सचेत रहनु होला। मित्रहरुबीच प्रेम सद्भाव रहनेछ।

वृष राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर समस्या देखिन सक्छ। निर्माण सम्बन्धी व्यवसायमा लगानीबाट सफलता मिल्नेछ। उचित लाभ प्राप्त हुनेछ। मान प्राप्त हुने दिन छ।

मिथुन राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। अर्थ आर्जनमा हल्का बाधा हुने योग देखिन्छ। कार्यगर्दा बिचार पूर्वक गर्नुहोला।

कर्कट राशिः सरकारी काम प्राप्त हुने योग छ। फलाम सम्बन्धी व्यवसायमा लगानी गरे मध्यम हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। जलउद्योगमा लगानी सामान्य राम्रो हुन्छ।

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ। केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। सचेत रहनुहोला।

कन्या राशिः बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। नविन कार्यसिद्धिमा सामान्य शुभ छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार गर्नेहरूलाई दिन मध्यम छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

तुला राशिः आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

वृश्चिक राशिः आर्थिक लाभ हुने दिन छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ वैदेशिक यात्राको समय देखिन्छ।

धनु राशिः पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यापार व्यवसायमा धन खर्च हुने योग छ। गृह निर्माणको योग छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। पढाईमा कार्यसिद्धि योग छ।

मकर राशिः पठन पाठनमा रुची बढ्ने छ। परिवारको अग्रजबाट केही अर्थ लाभ हुन सक्ने छ। व्यापार व्यवसाय तथा नयाँ कार्यमा बिस्तार हुने दिन छ। सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला।

कुम्भ राशिः व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। कार्यमा सामान्य बाधा हुन सक्ने हुँदा टाढै रहनु होला। अध्ययनमा शुभ छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। यात्रा गर्नु राम्रो होला।

मीन राशिः शिरमा सामान्य समस्या देखिन सक्छ। बिलासी कार्यमा प्रवेश गर्नुपूर्व विचार पुर्याउनु होला। स्वजनबाट मध्यम लाभको योग छ। पढाईको क्षेत्रमा शुभ छ। व्यवसायमा कम फल प्राप्तिको समय छ।

प्रकाशित: ४ असार २०८१ ०६:३७ मंगलबार

#horoscope #Gemini #Aries #leo #Cancer