समाज

अर्घाखाँचीको दह खोलामा डुबेर बालकको मृत्यु

अर्घाखाँचीको दह खोलामा डुबेर एक जना बालकको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-६, जगतका पदम बिकका १४ वर्षीय छोरा कुमार बिकको ज्यान गएको प्रहरीले जनाएको छ।

सोमबार बिहान करिब ११ बजेको समयमा दह खोलामा पौडी खेल्न गएका बिकको डुबेको अवस्थामा दिउँसो साढे १२ बजे उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो।

डाक्टरहरूको चेक जाँचपछि उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए।

प्रकाशित: ३ असार २०८१ २०:२८ सोमबार