समाज

इनारभित्र निसासिएर दुई जनाको मृत्यु

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर स्थानीय ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीया लक्ष्मी कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, उनीहरू आज दिउँसो सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए। इनार सफा गर्नेक्रममा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित: ३ असार २०८१ १९:३७ सोमबार

#surkhet #Two people died of suffocation inside the well #District Police Office Surkhet