समाज

पौडी खेल्ने क्रममा बेपत्ता दुई जना मृत भेटिए

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

शनिबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा नुहाउने क्रममा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका १६ वर्षीय भूपेन्द्र केसी र १९ वर्षीय विनोद केसी बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं-६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भूपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराइबाट निकालेको हो।

प्रकाशित: २ असार २०८१ १४:२५ आइतबार