समाज

रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा समिति गठन

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा ३ सदस्यीय समिति गठन। समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने रहेका छन । 

खानसँग टेलिफोनमा कुराकानी गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वार्ता समिति गठन गरेका हुन। समितिले खानसँग सम्पर्क गरी भोलि नै वार्ता गर्ने तयारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज खानसँग भेटसमेत गरेका थिए । 

प्रकाशित: ३२ जेष्ठ २०८१ १९:२० शुक्रबार

#Ministry of Home Affairs