समाज

टिपर र मोटरसाइकल ठोक्किँदा एककाे मृत्यु, स्थानीयले गरे टिपरमा आगजनी

बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन्।

आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १०प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको सो दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो।

पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन्। प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ।

 पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ। प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोसिस भएको बताइएको छ।-रासस

प्रकाशित: ३२ जेष्ठ २०८१ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App