समाज

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका- ८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको गंगा जमुना गाउँपालिका- ५ फुलखर्कका हरि अधिकारी रहेका छन्।

अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटरको उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

उनका अनुसार पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो। अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनको शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

-रासस

प्रकाशित: ३१ जेष्ठ २०८१ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App