समाज

विप्लवका कार्यकर्ताद्वारा ट्याक्टरमा आगजनी

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका ४ दोभानेमा बन्दकर्ताले  ट्याक्टरमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्द गर्दै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ जनाको समूहले को २ त ४६६३ नम्बरको ट्याक्टरमा आगजनी गरेका हुन्।

चैनपुरबाट पाँचखपन नगरपालिकातर्फ गएको ट्याक्टरमा आइतबार बिहान ८ बजे आगजनी गरिएको हो। ट्याक्टर जलेर पूर्ण रुपमा नष्ट भएको संखुवासभा प्रहरीले जनाएको छ। 

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आह्वान गरेको कोशी बन्दका कारण संखुवासभाको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित: ११ चैत्र २०७४ १५:२४ आइतबार