समाज

सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल

सरकारले सडक विभागको महानिर्देशक फेरबदल गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिएको हाे। उनकाे पदभार ग्रहण गर्ने कार्यक्रम बिहीबार रहेको छ। 

यसअघि महानिर्देशक रहेका सुशील बाबु ढकाललाई भने मन्त्रालयमा तानिएको छ। उनलाई योजना महाशाखाको जिम्मेवारी दिइएको छ।

यसैगरी, मन्त्रालयले रेलवे विभागको महानिर्देशकमा अजय मूललाई नियुक्त गरेको छ। गत जेठ ३ गतेदेखि विभागका महानिर्देशक राहित विसुराल अनिवार्य अवकाश पाएपछि खाली रहेको पदमा मूललाई नियुक्त गरिएको हो।

प्रकाशित: ३० जेष्ठ २०८१ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App