समाज

महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन्।एमालेका नेता महेश बस्नेतबिरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन् । 

प्रकाशित: २८ जेष्ठ २०८१ १८:३० सोमबार

#Mahesh Basnet #Cyber ​​Bureau