सेन्चुरी बैंकका पूर्व अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार पक्राउ गरेको श्रोतले बताएको छ।
श्रोतका अनुसार श्रेष्ठसहित अन्य ८ जनालाई पनि सीआईबीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो।
धितो कम राखेर लोन बढी दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप उनीहरुलाई पक्राउ गरेको श्रोतले बताएको छ।
प्रकाशित: २८ जेष्ठ २०८१ १४:५८ सोमबार