समाज

करिब छ हजार नेपाली सेना अन्तर्राष्ट्रिय मिसनमा

विभिन्न देशमा शान्तिस्थापनार्थ अहिले करिब छ हजार नेपाली सेना कार्यरत रहेका छन्।    

नेपाली सेनाको तथ्याङ्क अनुसार अहिले ५ हजार ८ सय ८३ नेपाली शान्ति सैनिक विश्वका विभिन्न ११ वटा शान्ति मिसनहरूमा रहेका छन्। 

हालसम्म विभिन्न ४४ वटा मिसनहरूमा नेपाली सेनाका १ लाख ५१ हजार ४९१ जना शान्ति सैनिकहरूले विश्व शान्ति पुनर्स्थापना विशिष्ट योगदान दिइसकेको नेपाली सेनाले जनाएको छ। यो क्रममा ७३ जनाले ज्यान गुमाएको सेनाको तथ्याङ्क छ ।  

विश्व शान्ति पुनर्स्थापना शान्ति सैनिक खटाउने मुलुकहरू मध्ये नेपाल पहिलो स्थानमा रहने गरेको छ ।  

५ जना नेपाली सैनिक पर्यवेक्षकहरुको सहभागिताका साथ सन् १९५८ मा लेबनन मिसनबाट सुरुवात भएको विश्व शान्ति कार्यमा नेपाली सेनाको सहभागिता ६ दशकभन्दा लामो रहेको छ । 

प्रकाशित: २३ जेष्ठ २०८१ १२:२१ बुधबार

#Nepalese army