समाज

वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले विश्व वातावरण दिवसको अवसरमा प्रदान गर्दै आएको 'वातावरण पत्रकारिता पुरस्कार– २०२३' पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ। सिंह लामो समयदेखि वातावरण विषयमा खोजमूलक समाचार देख्दै आएका छन्।

नेवापसले प्रत्येक वर्षको जुन ५ मा विश्व वातावरण दिवस पारेर पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२३ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। 

समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो। 

समूहले यसअघि वातावरण पत्रकारिता पुरस्कारबाट ३६ जनालाई सम्मान गरिसकेको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ११:५५ बुधबार

#Environment Journalists Group #ournalism Award #Basant #Pratap Sinhala