समाज

तपाईंको आजको राशिफल कस्तो छ?

मेष राशिः विद्यार्थीका लागि शैक्षिक यात्राको योग छ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशिः पारिवारिक सदस्यबाज ग्गासम्बन्धी कार्य नगर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। उदर रोग देखा पर्न सक्ने छ। अध्ययन गर्नेहरुका लागि दिन राम्रो छ।

मिथुन राशिः साथीसँग यात्राको योग छ। विद्यार्थीका लागि पढाईमा केही बाधा देखिन्छ। व्यापार व्यवसायबाट लाभ छ। स्वास्थमा बाधा आउन सक्छ। भूमि क्रय र गृह निर्माणको योग छ।

कर्कट राशिः मित्रहरुबाट कार्यसिद्धि हुने समय छ। तर काम गर्दा विचार पु¥याएर गर्नु पर्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। सवारीसाधन किन्ने योग छ।

सिंह राशिः नवीन कार्यमा हात नहाल्नु राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्ने छ। धन खर्च हुने दिन छ। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ। भ्रातृत्व प्रेम सद्भाव रहने छ। अध्ययनमा रुचि बढ्ने छ।

कन्या राशिः व्यवसायमा भएको लगानीबाट फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा दिन शुभ छ। मित्रहरुबाट कार्यसिद्धिको योग छ। यात्रामा शुभफल प्राप्त हुनेछ। प्रतिष्ठा र सम्मान मिल्ने दिन छ। समाजिक क्षेत्रमा सफलता छ।

तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। त्यसमा धन खर्च हुने योग देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट र कार्यमा सम्मान मिल्नेछ। कला र साहित्य क्षेत्रमा रुचि बढ्ने छ।

वृश्चिक राशिः राजनीतिक पद, जिम्मेवारी प्राप्त हुने योग छ। मित्रहरुबाट धन प्राप्त हुने दिन छ। हिम्मत गरे कार्यसिद्धि हुने समय छ। अध्ययनमा सफलता मिल्ने छ। वाणी प्रभाव वढ्ने योग छ।

धनु राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। वाणी सफल हुने योग छ।  व्यापारमा आर्थिक लगानी प्राप्त हुने देखिन्छ। कार्यमा प्रभुत्व बढाउन सफल भइने छ। राजनीतिमा सफलता मिल्ने छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी नगर्नु नै उत्तम हुनेछ। अग्रजमा रोगहरणको समय छ। स्वदेश तथा विदेश यात्राको मध्यम योग रहेको छ।

कुम्भ राशिः उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने छ। श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि मेहनत गरेअनुसार फल प्राप्त नहुन सक्छ।

मीन राशिः व्यापारमा शुभफल प्राप्त हुनेछ। स्वास्थ्यमा केही खर्च हुने समय छ। राजनीतिमा सामान्य शत्रु बाधा हुन सक्नेछ।  पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

प्रकाशित: २३ जेष्ठ २०८१ ०६:२३ बुधबार

#horoscope #Aries #Cancer #Gemini #leo