समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः वाणी सफल हुने समय छ। छालासम्बन्धी समस्या देखिन सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

वृष राशिः स्वजनबाट नयाँ सामग्री आउने योग छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ। उदर समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। प्राविधिक उद्योगमा लगानी गर्दा शुभ हुन्छ।

मिथुन राशिः  राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरे कमलाभ प्राप्त हुनेछ। अध्यापनमा सफलता मिल्ने छ। धन ढिला प्राप्त हुनेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ।

कर्कट राशिः  पढाईमा कार्यसिद्धि योग रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ। अरुको सहयोग लिएर कामनगरी आफै कार्य गर्नु होला। सामाजिक पद, सम्मान मिल्ने छ।

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नती प्रगति हुने दिन छ। नयाँ व्यक्तिको कार्यबाट सामान्य बाधा हुन सक्ने छ। व्यापारमा फल प्राप्त हुनेछ।

कन्या राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य विवाद हुने देखिएकाले सचेत रहनु नै उत्तम हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। वित्तीय क्षेत्रमा कम सफलता मिल्नेछ।

वृश्चिक राशिः अग्रजलाई सामान्य समस्या देखा पर्न सक्नेछ। स्वदेश यात्राको योग छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ।

धनु राशिः परिवारमा लगानी हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु होला। नयाँ कार्य सिद्धिमा अवरोध देखिनेछ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। आर्थिक लाभमा बाधा हुने छैन।

मकर राशिः पुरानु धन प्राप्त हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उन्नति हुने दिन छ।

कुम्भ राशिः घर परिवारमा प्रेम सद्भाव रहने छ। व्यापार व्यवसाय गर्नेहरुलाई राम्रो छ। वैदेशिक यात्रामा दिन राम्रो छ। सामान्य उदर समस्या देखिन सक्छ। नयाँ काममा मतान्तर हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः साथीसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापारमा यात्राको योग देखिन्छ। सामान्य उदर समस्या देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला ।मध्यमफल प्राप्तिको योग छ।

प्रकाशित: १८ जेष्ठ २०८१ ०६:१८ शुक्रबार

#horoscope #political #Aries #leo #Gemini #Cancer