समाज

सिरोहियालाई आज तेस्रोपटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रोपटक जिल्ला अदालत धनुषामा पेश गरिँदैछ।

गत शुक्रवार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई दोस्रोपटक थप ३ दिन थुनामा रख्न अनुमानि दिएको थियो। दोस्रोपटक दिएको म्याद आज सकिने भएपछि तेस्रोपटक मयाद थपका लागि उनलाई अदालतमा पेश गर्न लागिएको धनुषा प्रहरी प्रबक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

पहिलोपटक गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रवार ३ दिनको म्याद थप गरिएको थियो।

डीएसपी अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको बताए।

यसअघि सिरोहियाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरू रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए।

सिरोहियालाई गत मङ्गलवार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी बुधवार बिहान धनुषा ल्याइएको थियो।

प्रकाशित: १४ जेष्ठ २०८१ ०९:२२ सोमबार

#Kailash_Sirohiya #Kantipur_Media_Group #dhanusha_police