समाज

धावनमार्गको खाल्डो पुरेपछि त्रिभुवन विमानस्थलको उडान अवतरण पुनः सुरु

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ।

विमानस्थल धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो। तर खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

उनले भने, 'करिब ४५ मिनेट आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान, अवतरण बन्द गरिको थियो। अहिले सबै उडान अवतरण पुनः सुरु भइसकेको छ।' 

प्रकाशित: ११ जेष्ठ २०८१ १३:४९ शुक्रबार

#Tribhuvan International Airport