समाज

कान्तिपुर अध्यक्ष सिरोहियालाई हिरासत कक्षमा लगियो

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धान गर्न तीन दिनको म्याद थप अनुमति दिएसँगै उनलाई हिरासत कक्षमा लगिएको छ।

हिरासत कक्षका छिर्नु अघि उनले जिल्ला प्रहरी कार्यलयको प्रहरी नायव उपरिक्षकको कार्यकक्षमा आफ्न्तसगँ भेटघाट गरेका थिए। उनलाई भेट्न उनका छोरी, बुहारी लगायत उपस्थित थिए।

प्रहरी कार्यालयका अनुसार उनलाई आम नागरिकलाई राखिने हिरासत कक्षमै राखिएको छ। ‘उहाँलाई कुनै भिआइपी कक्ष नभई सामान्य, आम नागरिकलाई राखिने कक्षमै राखिएको छ।’ प्रहरी स्रोतले भन्यो।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न आदेश दिएको हो।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेका थिए।

सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो।

प्रकाशित: ९ जेष्ठ २०८१ १६:३२ बुधबार