समाज

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका– ४ तीनखुट्टेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन्।

 प्रहरीका अनुसार मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको र अनुसन्धान सुरू भइसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। -रासस

प्रकाशित: ९ जेष्ठ २०८१ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App