समाज

जुम्लाको गोठीज्यूलामा “करनालीका आँसु“ नाटक प्रर्दशन

कर्णालीको कथा बोकेको नाटक खश भाषा उत्पत्ति भएको एतिहासिक सिंजा उपत्यकामा प्रर्दशनी भईरहेको छ। जुम्लाको  कनकासुन्दरी गाउँपालिका –५ गोठीज्यूलामा रहेको कसम नाटक घरमा नाटक ’करनालीका आँसु’ प्रदर्शन भइरहेको हो।

कर्णाली जस्तो विकट स्थानमा नाटक घर स्थापान गरी कर्णाली खस सस्कृतिक संरक्षण मंन्च (कसम) जुम्लाका कलाकारले विगत एक वर्ष देखि उक्त नाटक घरमा नाटक प्रदर्शन गर्दै आएका छन्।

बुधबारदेखि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोग तथा कर्णाली खस संस्कृति संरक्षण मञ्च (कसंम) जुम्लाको सहजिकरणमा २०८१ बैशाख २१ गते देखि जेष्ठ ४ गते सम्म संचालन हुने ध्वनी, प्रकाश तथा निर्देशन सम्बन्धि कार्यशाला संचालन गरि सो कार्याशालाबाट नाटक निर्माण गरि प्रर्दशन गरिएको हो।

नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठान नेपालले कुना कन्दरामा लुकिछिपि रहेका कला संकृतिलाई उजार गर्ने उद्देश्यले नेपाली भाषाको उंगम थलो कला संस्कृतिले भरिपूर्ण स्थानमा आफ्नै लगानीमा नाटक घर स्थापना गरेका कलाकार माँझ कार्यशाला संचालन गरिएको नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निसा शर्मा पोखरेलले बताइन्।

’कसम नाटक घरका कलाकारले एक रुपता गरी दुःख, सुख नभनि काम गरी रहनु भएको छ। त्यो कुराले मलाई छोएकोले हाम्रो भाषा पुर्वले पश्चिमको र पश्चिमले पुर्वको सबैले हेरौं है हाम्रौ नेपाल भित्र पनि कति कला सस्कृति लुकेर बसेको छन्,’ उनफे भनिन्, ’त्यो कुरालाई जन मानस अगाडि ल्याएर आउने काम हो।’

त्यसैले कसम नाटक घरका कलाकारलाई प्रशिक्षण दिएको कुलपति शर्माले बताइन्। प्रशिक्षण पनि कलाकारको क्षमतामा बृद्धि हुने खेदिएको छ।

जिल्ला बाहिर र विदेशमा नाटक प्रर्दशन गर्न पुराना र नयाँ आउने कलाकारलाई सहज हुने देखिन्छ। लामो समय देखि सिंजाको कला संकृति र विभिन्न विषय वस्तुमा नाकट प्रर्दशन गर्दै आएका छौ। सडक नाटक लघु चलचित्र पनि खेल्दै आएका छौंँ। तर संयोग बस नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान कुलपति र गुरुकुलमा संचालक सुनिल पोखरेलको उपस्थितिमा ध्वनी, प्रकाश तथा निर्देशनको प्रशिक्षण लिन पाउदा धेरै कुरा सिकिएको कर्णाली खस संकृति संरक्षण मन्चका अध्यक्ष भानुभक्त उपाध्यायले बताए।

प्रशिक्षण पछि प्रर्दशन गरिएको नाटक करनालीका आँसुले उपस्थित दर्शकको मन जितेको देखिन्छ। नाटकमा कर्णालीलाई राज्यले हेर्न व्यवहारको चित्रण गरिएको छ राज्यले कर्णालीको नाममा आएको बजेट समेत पूर्णरुपमा कर्णालीलाई नदिई चाउचाउ बाँड्ने कार्यक्रम मात्र गरेको र यस क्षेत्रका कला संकृतिलाई उजार नगरेको भन्ने विषयबस्तु झल्काएको छ। बिभिन्न कला संकृतिको प्रर्दशन गरिएको छ।

’यसरी हराउँदै गएको कला संकृतिलाई संरक्षण गर्नु कसम नाटक घरका कलाकारको कामलाई सह्रानीय मानिन्छ,’ उनले भने, ’विकसित देशमा समेत रुचाउदै गएको रंगमञ्तको नाटकलाई दुर्गममा सुरुवात गरेर प्रर्दशन गर्नु एक महत्पूर्ण काम मानिएको छ।’

प्रकाशित: ५ जेष्ठ २०८१ १०:०९ शनिबार

#The story of Karnali #Exhibition in the historic Sinja Valley