समाज

पहेँलो धातु देखाएर सुन ठगी गर्ने मोरङका युवक झापाबाट पक्राउ

सुनजस्तो पहेँलो धातु देखाएर सुन ठगी गर्ने एक युवक झापाबाट पक्राउ परेका छन्।

मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई इलाका प्रहरी कार्यालय दमकको टोलीले बजार क्षेत्रबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ५६।३१० ग्राम पहेँलो धातु पनि बरामद गरेको छ। दमक प्रहरीका अनुसार, शर्माले ज्येष्ठ नागरिक र महिलालाई पहेँलो धातु देखाएर सुनका गरगहना सट्टापट्टा गरेका थिए।

स्थानीयकै उजुरीका आधारमा प्रहरीले उनलाई दमक नगरपालिका ६ बाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध ठगी मुद्दा चलाउने तयारी प्रहरीको छ।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:१९ बिहीबार

Gold fraud area police office Damak