समाज

पाल्पा जिप दुर्घटनामा घाइते थप एकको मृत्यु, २ को अवस्था गम्भीर (अपडेट)

पाल्पामा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुधवार साँझ ५ः ४५ बजे नवलपुरको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको डबल क्याप पिकअप जिप दुर्घटना भएको थियो।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुबैजनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

प्रहरीका अनुसार जिपका चालकसहित अन्य ११ जनाको अवस्था भने सामान्य रहेको छ। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

प्रकाशित: ३ जेष्ठ २०८१ ०७:३८ बिहीबार

#palpa #accident #2dead #district_police_office_palpa