समाज

स्मल हेभन स्कुलकाे बसमा आगजनी: ६ जना फरार

चितवनको भरतपुर महानगरपालिका-२६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ।

चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। प्रहरीका अनुसार ६ जनाको समूहले आगजनी गरेर भागेको बताएको छ।

बस जलेर पूर्ण रुपमा क्षति भएको छ। तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका बताइएको छ। उनीहरु सबै जना फरार रहेका छन्। यसबारे अनुसन्धान भैइरहेकाे प्रहरीले जनाएकाे छ। थप खबर आउन बाकीँ छ। 

प्रकाशित: ३० वैशाख २०८१ ११:०३ आइतबार

#Small Haven School Kalyanpur #District Police Office Chitwan #An unknown group started the fire